कपिलवस्तु,२७ असार ।
५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तुबाट ३६ वर्षीय किस्मत मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।