बुटवल,२७ असार ।
रुपन्देहीको तिलोत्तमा-९ मा आज विहिबार विहानै कार दुर्घटना हुदा ३ जना घाईते भएका छन् ।
बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ च ००९ नम्बरको कार विहान करिब पौने ६ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा परी तिलोत्तमा–७ बस्ने चालक ३० वर्षीय गुप्त बहादुर ठाडासहित तिलोत्तमा ९ बस्ने २० वर्षीय फिलिम हिताङ र तिलोत्तमा ८ बस्ने २० वर्षीय सम्राट राना घाइते भएकाे छन् ।
आफै अनीयन्त्रीत भई सडक डिभाइडरमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । तीब्र गतीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीकाे अनुमान छ ।