बुटवल,२६ असार ।
लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी जसपा पनि बाहिरिएकाे छ ।
प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्थामन्त्री रहेका जसपाका भण्डारीलाल अहिरले बुधबार राजीनामा दिएका हुन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री अहिरले बुधबार मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाएका छन् ।
लुम्बिनीमा जसपाका ३ प्रदेश सभा सदस्य छन । केन्द्रमा समीकरण फेरिएको र एमाले कंग्रेसको नयाँ समीकरणलाई समर्थन गर्ने पार्टीको निर्णयअनुसार माओवादी नेतृत्वको सरकारबाट बाहिरिएको जसपाका महासचिव इस्तियाक राईले बताए ।
लुम्बिनी प्रदेश सभामा बाँकेबाट निर्वाचित अहिर जसपा संसदीय दलको नेता हुन् । उनी यसअघि तीन वटा मुख्यमन्त्री हुँदा तीनै पटक सरकारमा सहभागी भएर तीन पटक नै कृषि तथा भूमि व्यवस्थामन्त्री भएका थिए ।