बाँके,२५ असार ।
बाँकेकाे राप्तिसोनारीमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।

जिल्लाकाे राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । मृत्यु हुनेमा साेहि ठाउँ बस्ने ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनिहरूकाे उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।