दाङ,१९ असार ।
दाङमा बबई नदीले बगाएर एक महिला बेपत्ता भएकी छन् ।
जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका-१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बबई नदिले बगाएर बेपत्ता भएकी हुन् ।
बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा उनलाई नदीले बगाएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।