रोल्पा,१७ असार ।
रोल्पाको माडी गाउँपालिका ४ परेवाछहरामा जीप दुर्घटना भएको छ ।

जिप दुर्घटनामा परि एक बालक सहित ८ जनाको मृत्यु भएको वताइएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन । माडी गाउँपालिका वडा नं. २ घर्तीगाउँ वजारवाट तालावाङ तर्फ जाँदै गरेको लु.१ ज ३२५२ को जीप दुर्घटना भएको हो ।

जीप सडकबाट करिव ४०० मिटर तल खसेको थियो । गाडीमा १४ जना यात्रु सवार रहेको वताइएको छ । दुर्घटनाको उद्दार भईरहेको र घाईतेहरुलाई उपचारका लागी स्वास्थ्य चौकी घर्तीगाउँ पुर्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाई छ ।