बुटवल,१७ असार ।
नेपाल प्रेस युनियन रूपन्देहीले नेपाल पत्रकार महासंघको कार्यालयमा धर्ना दिएको छ ।

साेमबार महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा धर्ना दिने कार्यक्रम अन्तर्गत प्रेस युनियन रूपन्देहीले महासंघको बुटवल स्थित कार्यालयमा धर्ना दिएको हो ।

प्रेस युनियन रूपन्देहीका अध्यक्ष कबिन्द्र नेपालकाे नेतृत्वमा युनियनका केन्द्रीय सदस्य फुलु सुनारसहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू धर्नामा सहभागी भएका छन् ।

प्रेस युनियनले महासंघको विधान विपरित थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिएको छ ।