Share this News on Social Networking Pages

बुटवल,१५ असार ।
सदस्यता सम्बन्धि विवाद टुङ्गो नलगाई निर्वाचन कार्यतालिका प्रकाशित गरेको विरोधमा नेपाल प्रेस युनियनले नेपाल पत्रकार
महासंघ रुपन्देहीको कार्यालयमा तालाबन्दी गरेको छ ।

युनियनको केन्द्रीय निर्देशन अनुसार महासंघको कार्यालयमा तालाबन्दी गरिएकाे युनियन रूपन्देहीका सभापति कबिन्द्र नेपालले जानकारी दिए ।

शनिबार बुटवलमा रहेको महासंघ रुपन्देही शाखाको कार्यालयमा युनियनका केन्द्रीय सदस्य विजय पोखरेल रेखा भुसाल, जिल्ला सभापति कवीन्द्र नेपाल लगायतको अगुवाइमा तालाबन्दी गरिएको हो । महासंघ केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरे पनि सदस्यता विवाद कायमै रहेको छ ।

नेपाल प्रेस युनियन केन्द्रले शुक्रवार महासंघको केन्द्रीय कार्यालय काठमाडौँमा तालाबन्दी गरेको थियो ।