दाङ,१५ असार ।
चट्याङ लागेर दाङकाे राजपुर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नं. २ मटेरीया निवासी ३९ वर्षीया भुमिसरा बुढा मगर रहेकी छन् ।
उनको शुक्रबार बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङले लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
चट्याङ लागेर गम्भीर घाइते भएकि उनलाई उपचारका लागि लमही अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको उनले बताइन् ।