Share this News on Social Networking Pages

बुटवल,७ असार ।
लुम्बिनी प्रदेश सभाकाे बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

बजेटकाे बिषयलाई लिएर नेपाली कांग्रेसले बिराेध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

कांग्रेसले विरोध जनाएपछि सभामुख तुलाराम घर्तीमगरले सरकार र प्रतिपक्ष दलको बिचमा संवादका लागि भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

तर साे समयमा पनि सहमतिको सम्भावना नदेखिएको भन्दै प्रदेश सभा सचिवालयफे सुचना टासेर आइतबारसम्मका लागि बैठक स्थगित भएको जनाएको हो ।

यसअघि बसेकाे प्रदेश सभाको चौथो अधिवेशनको १५ औँ बैठकमा कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता विरोधी बजेट ल्याएको आरोप लगाउँदै सदन अवरुद्ध गर्ने जानकारी गराएका थिए ।

सरकारले ल्याएको बजेट पक्षपाती भएको भन्दै उनलेे बजेटमा नारा मात्रै राखिएको तर रकम नराखिएको आरोप लगाए ।

लुम्बिनी प्रदेशमा हिजोबाट बजेटमाथि छलफल सुरु भएको थियो । हिजो अधिकांश सांसदहरूले बजेट मन्त्रीमुखी भएको भन्दै आलोचना गरेका थिए ।