बुटवल,६ असार ।
बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगे मार्टको तेस्रो तलामा रहेका केही खलकुद र स्टेसनरीका सामानहरु जलेर नष्ट भएका छन् ।
आगलागी नियनत्रणका लागि बुटवलसहित रुपन्देहीका ५ वटा दमकल आगलागी स्थलमा पुगेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहल भट्टले जानकारी दिए । स्थानीय र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि आगलागीकाे कारण खुल्न सकेको छैन ।
यश क्षेत्रका शिक्षण संस्था सञ्चालकहरूले संचालन गरेको मार्टमा खलकुद र स्टेसनरी तथा विद्यालयसँग सम्बन्धि सामाग्रीहरूकाे ब्यापार हुदै आएको थियो ।