नवलपरासी,५ असार ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल रामग्राम नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) रामग्राम नगर समितिबीच एकता भएको छ ।
बुधबार रामग्राम- १४ नवलपरासीमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई आत्मसात गरेर अगाडि बढनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्ने उल्लेख गर्दै भ्रष्टाचार विरुद्ध अभियान संचालन भइरहेको जानकारी गराए ।
कार्यक्रममा पार्टीका जिल्ला सह संयोजक भिम छ्न्याल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देश सापकोटालगायतले मन्तव्य राखेका थिए ।
एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले अरुणको संयोजकत्वमा ११ सदस्यीय नगर सङ्गठन समिती निर्वाचित गरेको छ ।
पार्टीका नगर संयोजक अरुणको अध्यक्षता र नगर इन्चार्ज जय फुल्लाह हसनको स्वागतमा कार्यक्रम भएको थियो ।
जिल्लाका सात पालिका मध्ये ५ वटामा पार्टी एकता भएको र बांकी २ वटा पालिकामा यथाशिघ्र एकताको कार्यक्रम हुने सो पार्टीले जनाएको छ ।