Share this News on Social Networking Pages

बुटवल,५ असार ।
बैंक तथा वित्तीय संस्था पिडीतहरूले आफुहरूका माग सम्बनेधन नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

बैंक तथा वित्तीय संस्था पिडीतअरूले आज बुटवलमा बिराेध प्रदर्शन तथा सभा गरेर उक्त चेतावनी दिएका हुन् ।

बैंक तथा वित्तीय संस्था पिडीत समन्वय समिति रूपन्देहीकाे आयोजनामा आज दिउँसो १ बजे बुटवलको राजमार्ग चाैराहबाट सुरु भएको बिराेध जुलुस मिलनचाेक,बसपार्क,अस्पताललाईन हुँदै ट्राफिक चाेक पुगेर सभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरूले बैंक तथा वित्तीय संस्थाकाे ज्यादती बन्द गर,बैंक तथा वित्तीय संस्थाका दलाल हाेसियार,काेराेनाकालकाे ब्याज मिनाहा गर जस्ता नारा लगाएका थिए ।

टन्टलापुरे घामकाे प्रवाह नगरी बैंक तथा वित्तीय संस्था पिडितहरू प्रदर्शनमा उत्रिएका हुन् ।

जुलुसपछि आयोजित सभामा नेकपा रूपन्देहीका सेक्रेटरी बिरेन्द्र बिकले दलाल संसदिय व्यवश्थाकै कारण आज वैंक तथा वित्तिय संस्थाबाट पिडित रिणीहरुको घर जग्गा लिलाम हुदै आईरहेको भन्दै आफ्नो पार्टीले आन्दोलनलाई साथ र सहयोग गर्ने प्रतिवद्वता जनाए ।

बैंक तथा वित्तीय संस्था पिडीत समन्वय समितिका केन्द्रीय अध्यक्ष समेत रहेका जिल्ला अध्यक्ष दुर्गाप्रसाद पाेखरेलले आफुहरूले लिएको रिण तिर्छौ भन्दा भन्दै पनि बैंक तथा बित्तीय संस्थाहरूले ऋणिहरूमाथी ज्यादती गरेको बताए ।

बैक तथा बित्तीय संस्थाहरूले काेराेना कालको व्याज मिनाह गर्नु त परै जावस घरवार नै लिलाम गरिरहेकाे भन्दै उनलेे माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

राज्य ले आफुहरुबाट विभिन्न नाममा कर लिने काम मात्र गरेको आरोप लगाउदै यो राज्य वैंक तथा वित्तीय संस्था पिडित को पक्षमा नरहेको आराेप लगाए ।

कार्यक्रममा अभियन्ता बिज्ञान सि,जया सी,महेन्द्र शाही,बैंक तथा वित्तीय संस्था पिडीत समन्वय समिति रामग्राम नगर समिति नवलपरासीका अध्यक्ष अशाेक कुमार गुप्ता,परासीकै प्रतापपुर अध्यक्ष कनैयालाल कसाैधनलगायतले बैंक तथा वित्तीय संस्थाहरूकाे ज्यादती बन्द गर्नुपर्ने भन्दै नराेकिए ससक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

बैंक तथा वित्तीय संस्था पिडीत समन्वय समिति रूपन्देहीका सचिव बिशाल पाैडेलले माग पुरा नभए आन्दोलनका थप कार्यक्रम ल्याउन बाध्य हुने बताए ।