Share this News on Social Networking Pages

बुटवल,१ असार ।
लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

शनिबार बसेकाे प्रदेश सभाको बैठकमा अर्थमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

उनले कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।

असार १ गते बजेट ल्याउनुपर्ने संबैधानिक ब्यवस्था अनुसार प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गरेका छन् ।