बुटवल,१३ फागुन ।
प्राङ्गारिक कृषि उपजको बजार बढ्दै गएकोले त्यसको
उत्पादन पनि बढाउनु पर्नेमा जोड दिईएको छ ।

बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयद्वारा आयोजित कृषि बस्तुको
बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पछिल्लो
समय विश्वसंगै नेपालमा पनि रैथाने र प्राङ्गारिक कृषि
बस्तुको माग बढ्दै गएको भन्दै त्यसको उत्पादन बढाउनुपर्नेमा जाेड दिइएको हो ।

अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि उद्यम
केन्द्र नेपाल उद्योग वाणिज्य महासंघका कायम मुकायम
प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र जोशीले रैथाने र
प्राङ्गारिक कृषि बस्तुको बजार पनि बढ्दै गएको बताए

अहिले भईरहेको प्राङ्गारिक उत्पादनले बजार माग पुरा गर्न नसकेको बताउँदै उनलेे प्राङ्गारिक वस्तु उत्पादन बढाउनु पर्नेमा जोड दिए । उनले विस्तारै यसको बजार बढ्दै जाने भएकाले किसानले उत्पादन गर्ने कृषि उपजलाई प्राङ्गारिकरण गर्दै जानुपर्नेमा जाेड दिए ।

प्राङ्गारिकको माग बढ्दै जाँदा त्यसबाट किसानले पनि लाभ
लिन सक्ने भन्दै उनलेे प्राङ्गारिक उत्पादन नेपालको माटो
सुहाउँदो कुरा भएको उल्लेख गरे । यसले उत्पादन लागत पनि घटाउँने र मलखाद नपाउने समस्या पनि नरहने बताए । तर प्राङ्गारिक हो भन्ने कुराको प्रमाणिकरणको प्रवन्ध मिलाउनु पर्ने
किसानहरुको मत छ ।

प्राङ्गारिक प्रमाणिकरण नहुँदा अप्राङ्गारिकलाई पनि प्राङ्गारिक भनेर उपभोक्ता झुक्याउने सम्भावना रहेकाले त्यसको व्यवस्था सरकारले मिलाउनु पर्ने उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कृषि
उद्यम केन्द्रका बोर्ड सदस्य झलकलाल श्रेष्ठले तीनै तहका
सरकारसंग कृषिको कुनै प्रकारको तथ्यांक नभएको बताउँदै
यसले कृषिको व्यवसायिक विकास हुन नसक्ने बताए । उनले पछिल्लो समय अर्गानिक बस्तुको बजार बढेकाले किसानलाई अर्गानिक उत्पादनमा प्रोत्साहन गर्नुपर्नेमा जाेड दिए ।

त्यस अवसरमा संघका अध्यक्ष तथा मेला सम्पादन समितिका
संयोजक हरिप्रसाद अर्यालले अन्तरक्रियामा उठेका
कुराहरुलाई लिपिवद्ध गरेर समस्या समाधानका लागि सम्बन्धित