बुटवल,१३ फागुन ।
राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आयोजित दुग्धपान प्रतियोगितामा अरविन्द्र लिगल प्रथम भएका छन् ।

मेलामा आईतबार आयोजना गरिएको प्रतियोगितामा २७
जनालाई पछिपार्दै लिगल प्रथम भएका हुन् ।

२८ जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा नारायण गैरे
द्वितीय र जमुना पौडेल तृतीय भए ।

प्रतियोगितामा विजयी प्रतियोगिलाई बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले पुरस्कार प्रदान गरिन् । त्यस अवसरमा बोल्दै उनले यस्ता प्रतियोगिताले दुधको उपभोगलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् ।

अहिले किसानले उत्पादन गरेको दुधले बजार नपाईरहेको अवस्थामा दुधको विविधिकरण र त्यसको बजारीकरणमा स्वयम् किसान जोडिने हो भने त्यसले समस्याको समाधानको लागि बाटो पहिल्याउन सकिने उनको भनाई थियो ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती
पनि रहेको थियो ।