दाङ,१२ फागुन ।
कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थवाङ गाउँपालिका -३ रोल्पा निवासी हरी बुढा मगरलाई लुम्बिनी प्रदेश सभा सचिवालयले सम्मान गरेको छ ।
कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरी अपांगता भएका ब्यक्ति पनि उदाहरणीय कार्य गर्न सक्छन भन्ने बिश्व सन्देशका साथ नयाँ कृतिमान राखेकाे भन्दै उनलाई आज लुम्बिनी प्रदेश सभा सचिवालयले सम्मान गरेको हो ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उनलाई सम्मान गर्दै आत्मबिश्वास,जागरुकताले नै असम्भव लाग्ने काम पनि सजिलै सम्पन्न गर्न सकिने बताए ।
विश्व कृतीमानी कार्यले नेपाललाई बिश्वसामु चिनाउन महत्त्वपूर्ण टेवा पुगेको बताउदै उनले साहित्यमा झमक घिमिरे जस्तै साहसीक कार्यमा हरी बुढामगरको नाम अमर रहने उल्लेख गरे ।
कृत्रिम खुट्टाको साहरामा सगरमाथाको सफल आरोहणले मानवजातिलाई नै उत्प्रेरणा दिएको उनकाे भनाइ थियो ।
सगरमाथा आरोही बुढामगरले सम्मानले आफुलाइ अझै साहसिक कार्य गर्न प्रोत्साहन मिलेको बताउदै विभिन्न ७ देशका अग्ला हिमालको आरोहण गर्ने बताए ।
अपांगता भएको ब्याक्तीले पनि सबलाङ्ग सरह काम गर्न सक्छ भन्ने सन्देश दिन पनि आफुले साहसिक कार्यमा हात हालेको उनको भनाइ छ ।
उनलेे बिश्व शान्तिको लागि बिश्व अभियान संचालनको तयारी गरेको जानकारी ।
बिर्टिस सेनामा सेवारत रहदा अफगानिस्थान युद्धमा उनी घाइते भएका थिए ।
युद्धमा दुबै खुट्टाको घुडा भन्दा तलको भाग गुमाएका बुढा मगर २०८० जेठ ६ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।
सन् २०१० मा अफगानिस्तानमा एम्बुस विष्फोटमा परी दुवै गोडा गुमाएका उनि सगरमाथा आरोहण गर्ने दुवै घुँडाभन्दा माथि गोडा गुमाएका (डबल एम्पुटी अबोभ नी) पहिलो व्यक्ति भएका छन ।
कार्यक्रममा प्रदेश सभा सचिब दुर्लभकुमार पुन, सह सचिब ईश्वरी प्रसाद आचार्य,सभामुखकोप्रमुख स्वकीय सचिब पदम सोमै लगायत सचिवालयका कर्मचारीहरूले उनलाई बधाई दिएका थिए ।