बुटवल,१० फागुन ।
रूपन्देहीको देवदह स्थित चरंगेमा रहेको त्रिसुली खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरङ्गे स्थित त्रिसुली खोलामा डुवेर पाल्पाका सिलव रायमाझीको मृत्यु भएको हो ।

साथीहरू संग घुम्न गएका पाल्पाका रायमाझीको खोलामा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए । उनका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा बसेर बुटवलको नविन ओैधोगिक कदरबहादुर रिता रायमाझी विद्यालयमा अध्ययन गर्दै आएका सिलव सहित ६ जना साथीहरू मिलेर चरंगे गएका थिए । खोलाकाको रहमा पौडी खेल्ने क्रममा डुबेर रायमाझीको मृत्यु भएको डीएसपी पणीतले बताए ।

संगै गएका बिप्लव पुरीले भने पौडि खेलेर फर्किने क्रममा सरिरमा हिलो लागेको देखेपछि सिलव हिलो पखाल्न भन्दै पुनः खोलामा गएको र त्यहीक्रममा डुबेको बताए ।