बुटवल, ९ फागुन ।
पश्चिमाञ्चल यातायात ब्यव्सायी समिति बुटवलको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार एक समारोहका बीच सपथ ग्रहण तथा पद हस्तान्त्ररण गरिएको छ ।

कार्यक्रममा प्रतिवद्धता व्यक्त गदै नवनिर्वाचित अध्यक्ष टीकाराम गौतमले सर्व सहमतीका आधारमा नयाँ नेतृत्व चयन गर्न पूर्वअध्यक्ष सल्लाहकार र व्यवसायीहरुले खेलेको भूमिकाको उच्च सरहना गदै सबैलाई धन्यवाद दिए ।

अध्यक्ष गौतमले व्यवसायी एकता र व्यवसायीको हितका लागि सधै खटीरहने प्रतिवद्धता व्यक्त गदै सबैको साथको अपेक्षा गरे ।

समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नव निर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सफथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण पस्चात निर्वाचित हरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक पाण्डेले सहमती सहकार्यवाट आएको नयाँ नेतृत्वले विधिी र प्रकृया पुरा गरि आएको भन्दै संस्थामा रहेका तमाम चुनौतीलाई आत्मसाथ गरी समितिलाई नमूना बनाउन आह्वान गरे ।

कार्यक्रममा समितिका कार्यालय प्रमुख बाबुराम अधिकारीलेले नव निर्वाचित नेतृत्वले यस संस्थाका कर्मचारीको मनोवल उच्च रहने गरी कार्य सम्पादन गर्नु हुनेछ भन्दै सधै सहकार्य सहमतीमा अगाडी बढ्न सुझाव दिए ।

कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष यम प्रसाद पाण्डेले सहमती सहकार्यवाट आएको नेतृत्वले एक वर्ष भित्र गरिने साधारण सभामा व्यवसायीले देख्ने गरी काम गर्न शुभकामना दिए ।

कार्यक्रममा निर्वतमान महासचिव हरि कंडेलले नवनिर्वाचित महासचिव खिम बहादुर थापा नारायणलाई माइन्युट र निर्वतमान कोषाध्यक्ष हरि रिमालले नवनिर्वाचित कोषाध्यक्ष शंकर लम्साललाई चेक बुक हस्तान्तरण गरेका थिए ।