दाङ,६ फागुन ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूकुम पूर्व भुमे गाउँपालिका–१ निवासी २७ वर्षीय आदर्श पुन रहेका छन् ।

घोराही उपमहानगरपालिका–१८ कालिका टोलमा शनिबार राति रा ७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको मल्लले बताए । उनका अनुसार मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३५ वर्षीय रामकुमार पुन गम्भीर घाइते भएका छन् ।

पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको मल्लले जानकारी दिए । दुवै जना घोराही उपमहानगरपालिका–१८ मा डेरा गरी बस्दै आएको प्रहरीले जनाएकाे छ ।