बुटवल,५ फागुन ।
बुटवलमा आजदेखि कपडा बैंक सञ्चालन भएको छ ।

कपडा तथा खाना बैंक नेपालकाे आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहकार्यमा बुटवलमा कपडा बैंक सञ्चालन गरिएको हो ।

बैंककाे शनिबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले घरमा त्यसै उपयोग बिहीन अवस्थामा रहेका कपडा प्रसाेधन गरेर गरिब तथा बिपन्न परिवारलाई बितरण गर्ने कार्य राम्रो भएको भन्दै उक्त कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए ।

कपडा तथा खाना बैंक नेपालका अध्यक्ष अध्यक्ष कमल जिसीकाे सभापतित्वमा सम्पन्न कार्यक्रम बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्याल,
महा नायक राजेश हमाल,बरिस्ठ अधिवक्ता गाेपाल शिवाकोटी चिन्तन, सञ्चारकर्मी दिनेश डिसी,बाल ब्यास तथा कथा वाचक श्रवण न्याैपाने,पत्रकार रामराज पाेखरेल,अभियन्ता राजिव गाैतम,आविस्कार खनाल लगायतले कार्यक्रमकाे उदेश्य र महत्त्वकाे बारेमा प्रकास पारेकन थिए ।