नवलपरासी,५ फागुन ।
मोहन बैद्य ‘किरण’नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भष्ट्राचार बिरुद्धको संर्घष नरोकिने जनाएको छ ।

पार्टीको सुनवल नगर संगठन समितिले शनिवार अस्नैयामा आयोजना गरेको २९ औं जनयुद्ध दिवस बिशेष कार्यक्रममा साे पार्टीका नेताहरू उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले भष्ट्रचार तथा कमिसनखोरीका बिरुद्धको संर्घषलाई घनीभुत पार्ने बताए । उनले दलाल सत्ता र संसदीय ब्यवस्थालाई जरैदेखि नफालेसम्म संर्घष जारी रहने बताए ।

पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले आत्मसंर्घष, अन्तरसंर्घष र बर्गसंर्घष पार गर्दै आन्दोलन अगाडि बढ्ने उल्लेख गरे ।

कार्यक्रममा पार्टीका जिल्ला सहसंयोजक गणेश बहादुर ढकाललगायतले मन्तब्य राखेका थिए । उक्त पार्टी तथा पार्टी निकट जन संगठनहरुले देशैभर कालोमोसो अभियान तीब्र बनाउदै आएका छन् ।