दाङ,५ फागुन ।
दाङमा सिकार खेल्ने क्रममा एक जनाको मृत्युु भएको छ । बन्दुकले लागेर बबई गाउँपालिका–४ घर भएका विमल भनिने २४ वर्षका तेजलाल खत्रीको गएराति मृत्युु भएको इलाका प्रहरी कार्यालय खितलपुर दाङले जनाएको छ ।

खत्रीसहित ११/१२ जनाको समूह सिकार खेल्न शान्तिनगर गाउँपालिका–१ को वनमा जाने क्रममा मल्ले छहरे खोलामा घटना भएको प्रहरीको भनाइ छ ।

घटनापछि समूहमा रहेकाहरुको खोजी भइरहेको प्रहरी निरीक्षक अजयजङ थापाले जानकारी दिए ।