बर्दघाट,३ फागुन ।
नवलपरासीको बर्दघाट नगरपालिकाका कृषि प्राबिधिक खुमकान्त न्यौपानेले आफ्नो जन्मदिन विपन्न बालबालिकासंग मनाएका छन् ।
उनलेे बर्दघाट–२ मौलादेबी प्राबिको शाखा चावचामा शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरेर जन्मदिन मनाएका हुन ।

केक काटेर फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा १५ जना बालबालिकाहरुलाई सहयोग गरेर मनाउदाँ आनन्द महसुस भएको न्यौपानेले बताए ।

यसैबीच सरकारी तलब भत्ता लिनेहरुले सामुदायिक बिद्यालयमा आफ्ना परिवार पढाउनुपर्ने बर्दघाट नगरको निर्देशन अनुसार न्यौपानेले आफ्नो बहिनीलाई नीजि बिद्यालयबाट झिकेर दिब्यज्योति माविमा पढाउन शुरु गरेको समेत जनाइएको छ ।