a; b'3{6gf !) hgf lgwg rG???f}6f, # kmfu'g M slknj:t'sf] lzj/fh gu/kflnsf???! ;'/xL k'n glhs} laxLaf/ laxfg ePsf] b'3{6gfu|;t a; . ;f] 36gfdf !) hgfsf] d[To' ePsf] 5 . /ftL ! ah] ;'gf}nf] dxfsfnL oftfoftn] ;~rfng u/]sf] ;'???k???k|???)@???))! v ))(* gDa/sf] a; af6f]af6 @)) ld6/ tn v;]sf] xf] . tl:a/ M dfwj a]Njf;]??/f;;

कपिलवस्तु, ३ फागुन ।
कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये सात पुरुष र तीन महिला रहेका छन् ।

मृतकहरुमा रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, दसल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरादाबादका ५५ वर्षीय सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका १६ की २७ वर्षीय सन्जु थापा, भीमदत्त नगरपालिकाकी २१ वर्षीय खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ का सुदीप भट्ट, पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विमलादेवी भट्ट र पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विसनदत्त भट्ट छन् ।

यसैगरी, दुर्घटनामा ३० जना घाइते भएकामध्ये नौ जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिए ।

अन्यको सन्जीवनी र आधारभूत अस्पताल चन्द्रौटामा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरी उपरिक्षक पौडेलेको भनाइ छ ।

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।