बुटवल,३ फागुन ।
कपिलबस्तुमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन ।

महेन्द्रनगरबाट काठमाण्डाै जाँदै गरेकाे सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस बुधबार राती २ बजेकाे समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकैबाट करिव २ सय मिटर तल खसेकाे हाे ।

दुर्घटनामा परी बसमा सवार अरु ३० जना घाईते भएका छन् । त्समध्ये ९ जनालाई थप उपचारकाे लागि बुटवल पठाईएकाे र बाकीकाे चन्द्राैटामै उपचार भईरहेकाे प्रहरीले जनाएको छ ।