पाल्पा,१ फागुन ।
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडक खण्डमा पर्ने डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।