बुटवल,२७ माघ ।
नेपाल मगर युवा संघ जिल्ला कार्य समिति रूपन्देहीले मातृ संस्था नेपाल मगर संघ रूपन्देहीको नवनिर्वाचित कार्य समितिलाई बधाई तथा सम्मान एवं मगर संघको लाेगाे´हसिया खुर्पेटाे´ अंकित टिसर्ट र ब्याच सार्वजनिक गरेको छ ।

संघले शनिबार बुटवलमा एक कार्यक्रमकाबीच मगर संघको नवनिर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सम्मान गर्नुका साथै मगर संघको लाेगाे ´हसिया खुर्पेटाे´ अंकित टिसर्ट र ब्याच सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बाेल्दै नेपाल मगर संघका केन्द्रीय सह अध्यक्ष दल बहादुर बिरकट्टा मगरले मगर समुदायकाे पहिचान र अधिकार स्थापित गर्न मगरहरू एक ठाउँमा उभिनुपर्नेमा जाेड दिए ।

मगर समुदाय एकजुट नहुदा मगर समुदायकाे पहिचान र अधिकार स्थापित हुन नसकेको भन्दै उनलेे आफ्नो समुदायको पहिचान स्थापित गर्न राजनीति भन्दा माथि उठेर समुदायको हक अधिकारकाे आवाज उठाउनु पर्ने बताए ।

मगर संघको स्थापना पश्चात् मगर समुदाय माथिको विभेदमा कमि आउनुकासाथै मगर भएकोमा गर्व गर्ने अवस्थामा पुर्याएकाे स्मरण गर्दै उनलेे आफ्नो पहिचान स्थापित गर्न मगर समुदाय एक ठाउँमा उभिनुकाे बिकल्प नभएको धारणा राखे ।

उनलेे संगठन सुदृढीकरणका साथै आर्थिक सवलिकरण अभियान चलाउन जरुरी रहेको बताए ।

नेपाल मगर युवा संघ जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष हेमन्त बुढाथोकीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश भाषिक उपाध्यक्ष आन बहादुर साेती, नेपाल मगर संघ रूपन्देहीका अध्यक्ष प्रेम थापा,उपाध्यक्ष थर्क बहादुर बारघरे मगर,मगर संघ बुटवल नगर अध्यक्ष,बसन्ती साठिघरे मगर,संघका सल्लाहकार शंकर गाहा,महासचिव खेम बहादुर आले मगरलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।