काठमाडौँ,१२ असार ।
सामाजिक सञ्जालमार्फत गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतका व्यक्तिलाई गालीगलौज गरेको आरोपमा चितवनबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन क्षेत्र नं-३ निर्वाचन क्षेत्रीय सदस्य विष्णु पौडेल रहेका छन् ।
पौडेललाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा चितवनबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।
घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको र थप विवरण पछि सार्वजनिक गरिने उनले बताए ।








