Share this News on Social Networking Pages

पशुपती पाण्डे
म र म जस्ता लाखौँ युवाहरूले यो देश बनेन भनेर गम्भीर चिन्ता गरिरहेका छौ। अहिलेको परिस्थितलाई हेर्ने हो भने नागरिकलाई दैनिकी चलाउन पनि धौधौ छ, रोजगार छैन जसको कारण अधिकांश युवाहरू बिदेसिन बाध्य छन् ।

घरमा वृद्ध आमाबुबालाई छोडेर, भर्खरै बिहे गरेको श्रीमतीलाई छोडेर युवाहरू बिदेसी रहेको कुरा सर्वविदित नै छ । अत्यधिक महँगो स्वास्थ्य सेवाको कारण बिहानरबेलुकाको छाक टार्नै मुस्किल नागरिकले बिरामी हुँदा अस्पताल पु¥याउने अवस्था नरहेर उनीहरू घरमै मृत्यु कुरेर बस्न बाध्य छन् भने मध्यम वर्गीय नागरिकले पनि परिवारमा कोही बिरामी हुँदा उनीहरूले जीवनभर कमाएर जम्मा गरेको धन, सम्पत्ति स्वाहाः हुँदा समेत नपुगेर मृत्यु घरमै कुरेर बस्नुपर्ने अवस्था छ भन्ने कुरामा सबै जानकार नै छौँ ।

त्यस्तै अत्यधिक महँगो गुणस्तरीय शिक्षा भएको कारण गरिब नागरिकले आफ्ना छोराछोरी सानै उमेरमा विद्यालय छोडाएर कमाउन भारत लगायतको मुलुकमा पठाउनु पर्ने बाध्यता छ भने मध्यम वर्गीय नागरिकका विद्यार्थीले चाहेको (इच्छित ) विषय पढ्न पाएका छैनन् भने जेनतेन घर सम्पत्ति बेचेर, ऋण धन गरेर पढेका विद्यार्थीले अवसर पाउँदा साथ भ्रष्टाचार गर्न बाध्य छन् किनकि उनीहरूलाई पढेको ऋण तिर्नु छ, आफ्नो अभिभावकलाई फिर्ता गर्नु छ जसले गर्दा अस्पतालमा बिरामीले वास्तविक सेवा पाएका छैनन्, मन भएकाले पनि असहायहरूलाई सेवा गर्न सकेको छैनन् भने अधिकांश शिक्षित युवाहरूमा निस्स्वार्थ सेवाप्रतिको भावना पनि निरन्तर घट्दै गएको छ यो असाध्यै दुखको कुरा हो । यसले सिङ्गो समाजलाई नकारात्मकता तिर डो¥याइ रहेको छ ।

यसैको कारण अहिले समाजमा कोही पनि इमानदार र निस्स्वार्थ सेवा गर्ने व्यक्ति छैनन् कि भन्ने भाव पलाएको छ फलस्वरूप हाम्रो हेर्ने दृष्टिकोण नै कसैले राम्रो कुरा ग¥यो, सामाजिक सेवारसहयोग गर्ने काम ग¥यो भने यो कहाँबाट परिचालित छ वा कहाँबाट कति ल्याएर खाएको छ र यस्तो कुरा गरेको छ भनेर शङ्काको दृष्टिबाट हेर्न थालिएको छ । यसको सूक्ष्म अध्ययन गर्ने हो भने यस्तो हुनुको मुख्य कारण महँगो गुणस्तरीय शिक्षा नै भएको पाउनेछौ यद्यपि यो अनुसन्धानको विषय पनि हो ।

त्यस्तै सरकारी कार्यलयहरुमा नागरिकका काम सहज रूपमा हुँदैनन् जसको कारण नागरिकले सास्ती पाउन बाध्य छन्। त्यही काम एक जना कर्मचारीले यो मिल्दैन, त्यो मिल्दैन भन्नुहुन्छ भने अर्को कर्मचारीले चिया पानीको आशय व्यक्त गर्नुहुन्छ र त्यो चिया पानीको व्यवस्था गर्दिए पश्चात् पहिले मिल्दैन भन्नू भएको कर्मचारीले त्यही काम तुरुन्त गरिदिनुहुन्छ । अझ अचम्म मान्नुपर्ने कुरा त एउटा निकायको सरकारी कर्मचारी अर्को निकायमा जाँदा उहाँहरू आफै पनि यो झमेलाबाट मुक्त हुन सक्नुहुन्न ।

अझ शारीरिक तथा मानसिक रूपमा असक्त भएका नागरिक र वृद्ध(वृद्धाको लागि त यो देश अभिशाप नै बनेको छ। यस्तो अवस्थामा रवीन्द्र मिश्र सर,मीलन पाण्डे सरहरूले सु(–संस्कृत राजनीतिको लागि जुन साहस गर्नु भएको छ त्यो अत्यन्त प्रशंसनीय छ । बाहिर बसेर भन्नलाई जति सजिलो छ त्यो भन्दा धेरै गाह्रो छ गर्नको लागि जसको कारण त्यो आट जो कोहीले गर्न सक्नु भएको छैन र सक्नु पनि हुन्न ।

पटक पटक सत्तामा गएका दलहरूले पर्याप्त बजेट, श्रोतरसाधन हुँदाहुँदै पनि नागरिकका अत्यावश्यक आवश्यकताहरू लत्त्याइदिनु भयो, पूरा गर्न सक्नु भएन भन्ने कुरा आम नागरिकमा बोध हुँदा हुँदै पनि अरू विकल्पबारे अनभिज्ञ अधिकांश नागरिकहरू उहाँहरूलाई कुनै न कुनै रूपमा समर्थन गर्न बाध्य हुनुहुन्छ। यसको भित्री पाटो बेग्लै छ जुन अहिले यहाँ उल्लेख गर्न सकिँदैन। र ढिलो चाँडो अबको विकल्प मात्र होइन अहिलेसम्मको अवस्था हेर्दा तपाईँहरू नै चाहेररनचाहेर पनि निर्विकल्प शक्ति हो भन्ने कुरामा विश्वस्त छु ।

किनभने अरू देशको उदाहरण हेर्ने हो भने पनि अधिकांश देशको नयाँ पुस्ताहरूले समय सापेक्ष अनुसार नयाँ नयाँ विकल्पहरू खोजेको देखिन्छ भने त्यो अवस्था यहाँ पनि आउँछ। मेरो बुबा तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ र पनि म तपाईँहरूको सुवेक्षुक हु भने अरू थुप्रै मैले चिनेको कम्युनिस्ट बिचारमा हुर्किएका साथीहरू, निर्वाचित प्रतिनिधि तथा अन्य दलका नेताहरूका छोराछोरीहरू तपाईँहरूका सुवेक्षुक हुनुहुन्छ । यो समयको माग हो, ढिला चाँडो तपाईँहरू स्थापित हुनुहुन्छ यो कुरामा ढुक्क हुनुहोला ।

सरसरती अहिले सम्मको अवस्था हेर्दा गाउँरगाउँमा सङ्गठन बिस्तार हुन सकेको छैन त्यसमा थुप्रै कारणहरू होलान् जसमध्ये एउटा मुख्य कारण तपाईँहरूका एजेन्डाहरू अझै नागरिकमा प्रस्ट रूपमा पुग्न सकेका छैनन् जस्तो लाग्छ। तपाईँहरूको प्रशिक्षणमा पुराना दलका नेताहरूलाई गाली गरेर भन्दा पनि जसरी सकिन्छ यी एजेन्डाहरू प्रस्ट्याउन प्रशिक्षण दिन सक्यौ भने सबैको मन– मनमा विवेकशील साझा हुनेछ भन्ने मेरो विश्वास हो ।
तपाईँहरूका यी एजेन्डाहरू

( गुणस्तरीय शिक्षा र स्वास्थ्य निसुल्क ।
( रोजगार वा स्वरोजगारको सुनिश्चितता ।
( रोजगार वा स्वरोजगारमा आबद्ध हुन नसक्नेको लागि गज्जबले पुग्ने गरेर सामाजिक सुरक्षाको प्रत्याभूति ।
( नागरिक मैत्री सरकार कार्यालय आदि कल्याणकारी लोकतन्त्रको सिद्धान्त, प्रत्येक नागरिकका मन मनमा बस्ने एजेन्डा हुन। तसर्थ यिनै एजेन्डाहरूलाई प्रत्येक नागरिक माझ पु¥याउन हातेमालो गरौँ यसको लागि म पनि मेरो ठाउँबाट तपाईँहरूका एजेन्डाहरूलाई सार्थक बनाउन मन, वचन र कर्मबाट साथ दिने प्रतिबद्धता व्यक्त गर्दछु ।
मैले तपाईंहरुलाई भन्दा पनि तपाईँहरूका आम नागरिकसँग प्रत्यक्ष जोडिएका एजेन्डाहरूलाई दृढ रूपमा सार्थक बनाउन आफ्नो तर्फबाट भरपुर सहयोग गर्नेर्छु ।
धेरै धेरै धन्यवाद ।