बुटवल,४ बैशाख ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य क्षेत्रमा बुटवललाई अब्बल बनाउने योजना अनुसार काम भैरहेको बताएका छन् ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालले नयाँ वर्ष २०८१ को अवसरमा मंगलबार संचारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनलेे बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन आफूले पहल गरिहेको बताएका हुन् ।

उनलेे आम्दा अस्पताल यस क्षेत्रका जनताको आशाको केन्द्र भएकाले सेवा विस्तारलाई फराकिलो बताउनु पर्ने बताए । ‘बुटवलको स्वास्थ्य क्षेत्रका लागि आशाको केन्द्र आम्दा अस्पताल पनि हो । यहाँ सेवा विस्तारका लागि नगरपालिकाको तर्फबाट गर्नु पर्ने सबै प्रकारका सहयोग गर्न तयार छु ।’–उनले भने । यस्तै मेसु डा. विनोद पराजुलीले आम्दालाई गैरनाफामूलक आत्मनिर्भर अस्पताल बनाउनु पर्ने र अस्पतालले पश्च्मि नेपालका बालबालिका तथा महिलालाई सेवा प्रदान गरिरहेको बताए ।

यस्तै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले अस्पतालले समय सापेक्ष रुपमा अस्पतालको सेवा विस्तार गर्नु बताए । साथै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले आम्दा अस्पतालले अझ बढी गुणस्तरी सेवामा ध्यान दिनु पर्नेमा जाेड दिए ।