रुकुम पश्चिम,९ मंसिर ।
रुकुम पश्चिमकाे आठबिसकाेटमा रात्रि बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा शुक्रवार बेलुका ना ३ ख ५२०७ नम्बरकाे रात्रि बसले ठक्कर दिँदा ३८ वर्षीय गणेश परियारको मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

परियारकाे घटनास्थलमै मृत्यु भएकाे आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिए ।

घाइते हुनेहरुमा आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोटका १९ वर्षीया भावना चन्द र २० वर्षीय राजेन्द्र पोखरेल रहेका छन् । घाइते दुवै जनाकाे आठबिसकोट राडीमा रहेकाे नगर अस्पतालमा उपचार भइरहेकाे छ ।