बुटवल,६ फागुन ।
आज महाशिवरात्रि, हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी मनाइँदैछ । राजधानी काठमाडौंकाे पशुपतिनाथसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थी एवम् भक्तजनको घुइँचो लागेको छ ।

पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ ।
बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । शिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रलाई सिँगारिएको छ । शिवरात्रिमा पशुपतिनाथ मूलमन्दिरमा २० लाख दर्शनार्थीले प्रत्यक्ष दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ ।

शिवरात्रिकै अवसरमा आज पाल्पाको सिद्वबाबा,पर्भास,रूपन्देहीको पर्राेहा स्थित बाेलबमधाम,मुक्तिनाथ धाम,निलकण्ठ बाबाधाम लगायतका तिर्थस्थलहरूमा पनि बिहानैदेखि दर्शनार्थी एवं भक्तजनहरूकाे भिड लागेको छ ।