बुटवल,२२ माघ ।
नेपाल आदिवासी जनजाती महासंघ रुपन्देहीले संस्कृति, पर्यटन तथा उड्यन मन्त्री सुदन किराँतीले भेट नदिएको गुनासो गरेका छन् ।
बिश्व संम्पदा सुचिमा रहेको गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय हिन्दु धर्मगुरु मुरारी बापु द्वारा (यहि माघ–२१ देखि २९) हुने “राम कथा प्रवचन“ कार्यक्रमलाई लिएर आदिबासी जनजाति महासंघ, रुपन्देहीका पदाधिकारीहरु संस्कृति, पर्यटन तथा उड्यन मन्त्री सुदन किराँतीलाई ध्यानाकर्षण गराउन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल, भैरहवाको (भिआईपी कक्ष) मा पर्खिबसे पनि जनजाति अगुवाहरुलाई नभेटी काठमाण्डौ फर्किएको महासंघका रुपन्देही अध्यक्ष चित्र तुलाचनले जानकारी दिए ।
मन्त्री किराँतीको फलाईट डिले हुने भए पछि हतार हतार गर्दै बिमानस्थल पुगेका जनजाती नेताहरु मन्त्री किरातीले भेट नदिएपछि हिस्स परेर फर्कनु परेको उनिहरुको गुनासो ।
मन्त्रीसंगै रहेका (पिए) संग भेटने समय समन्वय गरेका तुलाचन एयरपोर्टपुगे पछि मन्त्रीले चासो नदिएको र फोन पनि नउठाएको अध्यक्ष तुलाचनले बताए ।
त्यस क्रममा माननीय छबिलाल बिश्वकर्मा र पुर्व माननीय प्रमोद यादब संग भेट गरि सो विषयमा जानकारी गराएको अध्यक्ष तुलाचनले बताए ।
लुम्बिनीमा हुन लागेको राम कथाका बिरुद्ध आदिवासी जनजाती महासंघ लगायत विभिन्न जातीय संघ संस्था र बौद्धधर्मावलम्बीहरुले प्रेस बक्तब्य जारीगरी बिरोध गरेका छन् ।
नौं दिन सम्म चल्ने उक्त कार्यक्रम तत्काल नरोकिए थप शान्तिपुर्ण आन्दोलन चर्काउने बौद्धमार्गी संयुक्त संघर्ष समितिले जनाएको छ ।