काठमाण्डाै,२३ कार्तिक । भुकम्पमा परेर डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको मृत्युु भएको छ भने ५ जना घाइते भएका छन् ।

एक जना बेपत्ता भएका र एक जना बच्चाको उद्धार गरिएको डाेटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको उनलेे बताए ।

भूकम्पले ८ वटा घर भत्किएका छन् । भूकम्पले थप क्षति गरेको हुन सक्ने आशंका छ । क्षतिको विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।

गएराति डोटीमा तीन पटकसम्म भूकम्प गएको थियो । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।