चितवन,१८ असोज । घाँटीमा मासुको हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनको कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । उनको मासु खादा घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अष्टमी (सोमबार)को साँझ करिब ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता,प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।