पाल्पा,१८ असाेज । पूजाका लागि पश्चिम पाल्पाको रैनादेवी मन्दिर जादै गरेको जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाको रैनादेवीछहरा गाउँपालिका ३ मा रहेको रैनादेवी मन्दिर जाँदै गरेको जीप मङ्गलवार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि घाइते हुनेमा चालक रैनादेवी ३ का ४० वर्षीय खगेन्द्रबहादुर कुमाल, १८ वर्षीय रितिक परियार, १७ वर्षीय सुनिल परियार र २१ वर्षीया सरिता कुमालको सदरमुकाम तानसेनमा उपचार भइरहेको छ । घाइतेमध्ये रितिक र सुनिलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा १६ जना सवार रहेको प्रहरीकाे भनाइ छ ।