दाङ, १८ असाेज ।
दाङमा खाेलामा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय गुइठे कुमाल र साेहि ठाउँ बस्ने १२ वर्षिय ललित परियार रहेका छन् ।
मंगलबार दिउँसो ३: ३५ बजे लमहीकाे अर्जुनखाेला पुल मुनि नुहाउन गएका उनिहरू खाेलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पाँच जनाकाे समुहमा रहेका बालबालिका मध्ये अर्जुन खाेलाकाे पुल मुनि नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतककाे शव पाेष्टमाटमका लागि लमही अस्पतालमा राखिएको छ ।