बुटवल,१४ असोज ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखको कार्यभार समेत सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई जिम्मेवारी दिएकी हुन् ।

कर्णाली प्रदेश प्रमुख तिलक परियार क्यानडाको ओटावामा असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागि हुन जाने भएकाले राष्ट्रपति भण्डारीले शेरचनलाई प्रदेश प्रमुखको जिम्मेवारी दिएकी हुन् ।