बुटवल,६ असोज ।
मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्युभएको छ ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परि ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्किएको छ । घाइतेहरुको हेटौंडाका बिभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
यता रुकुम पूर्वको भूमे गाउँपालिका– ३ को क्याङ्सी बगरमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।
काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ ।
उद्दार भइरहेकाले मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेको पनि परिचय नखुलेको प्रहरी नायव उपरीक्षक डाँगीले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।