बुटवल,३ असोज ।
नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले बुटवलको एक सरकारी विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ ।

नेपाल मगर महिला संघको २५ औं स्थापना दिवसको अवसरमा नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले सोमबार बुटवलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बुटवल स्थित नविन औद्योगिक कद्दर बहादुर रीता माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थी एलिश राना मगरलाई १० हजार ८ सय रुपयाँ सहयोग प्रदान गरेको हो ।

सो अवसरमा नेपाल मगर महिला संघ बुटवल उपमहानगर समिति उपाध्यक्ष गौमाया थापाले विद्यार्थी एलिश राना मगरलाई ३ हजार रुपयाँ सहयोग प्रदान गरिन् ।

संघको बुटवल उपमहानगर समिति अध्यक्ष माया गलामी मगरको सभापतित्व र मगर महिला संघ बुटवलकी संस्थापक अध्यक्ष ओमी पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सल्लाहकार कुमारी थापा,नगर सदस्य नन्दा थापा,मगर महिला संघ बुटवल १० की अध्यक्ष ज्ञानु राना मगर,वडा नं ८ की अध्यक्ष कुमारी बलाल,मगर महिला संघ बुटवल उपमहानगर समिति सचिब नारायणी पाटा मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै बिचार फरक भए पनि संघमा राजनीति भन्दा माथी उठेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।