बुटवल, ३ असोज ।
मोबाईल उत्पादक तथा बिरतक कम्पनी भिएस गु्रप प्रा.लिले क्यानभास, आईप्रो र गे्रट एसिया ब्राण्डका बिभिन्न मोडलका मोबाईल फोनहरु बजारमा ल्याएको छ ।

आगामी दशैं तिहार छठ जस्ता चाडपर्वहरुलाई मध्येनजर गरेर गुणस्तरिय, सस्तो र सुलभका साथै प्रयोग गर्न सहज प्रकृतिका मोबाईल सेटहरु बजारमा ल्याएको हो ।

ग्राहकहरुको चाहना, बजारको आवश्यक्ता र मागअनुसार एक दर्जन बढि बिभिन्न मोडलका मोबाईल फोनहरु उत्पादन गरि नेपाली बजारमा ल्याएको नेपालस्थित भिएस ग्रुपका संचालक सुनिता सुबेदीको भनाई छ । संचालक सुबेदीका अनुसार क्यानभास, आईप्रो र ग्रेट एसिया ब्राण्डका १२ प्रकारका किप्याड सिस्टम र ५ प्रकारका एन्ड्रोईड स्मार्ट फोनहरुका साथै ल्यापटप, ट्याब्लेटस् र अन्य ग्याजेट्स सामाग्रीहरु बजारमा आएका छन् । बिभिन्न ब्राण्डमा ४ जिवी र्याम सहित ६४ जिवी क्षमताका मोबाईलहरु रहेको सुबेदीको भनाइ छ ।

सामान्य साक्षर र कम आयश्रोत भएका नागरिकले पनि सहजै प्राप्त गर्न र प्रयोग गर्न सक्ने निकै सस्तो दरका साथै सुबिधाजनक स्मार्ट मोबाईल प्रयोगकर्ताका लागि पनि क्यानभास, आईप्रो र ग्रेट एसिया ब्राण्डका सबै प्रकारका मोबाईल फोनहरु बजारमा उपलब्ध रहेको बुटवलस्थित डिस्टिब्यूटर्स फोस एस मल्टी बिजनेश प्रालिका संचालक बिजय बर्नवालले बताए । बुटवलमा आयोजित बिक्रेता भेलामा सहभागिहरुले मोबाईल फोनको आवश्यक्ता र औचित्य पुष्टि गर्ने खालका ब्राण्डहरुको माग अत्यधिक रहेको बताएका थिए ।

सो अवसरमा मोबाईल बिक्रेता संघ रुपन्देहीका अध्यक्ष बिष्णु ज्ञवाली, ब्यबसायीहरु बिशाल आचार्य, केशव खनाल, कम्पनीका राष्ट्रिय बिक्रि प्रबन्धक बिनोद बराल, क्षेत्रिय बिक्रि प्रबन्धक बिजय पाण्डे लगाएतले नागरिकको सुबिधा र समयको माग अनुसार जनताले स्वीकार र ग्रहण गर्ने प्रकारका मोबाईल सेटहरुको बजारमा प्रसस्त माग रहेको चर्चा गरेका थिए ।