पाल्पा,२ असोज ।
प्रधानाध्यापकलाई कुटपीट गरेको आरोपमा पाल्पाको माथागढीबाट चार युवक पक्राउ परेका छन् ।

पाल्पाको माथागढी गाउँपालिका–५, सिर्जना प्राविका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेलाई कुटपिट गरेको आरोपमा चार जना युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने माथागढी गाउँपालिका–५, का २१ वर्षीय यामबहादुर सारु, १९ वर्षीय सुन्दर घर्ती, २१ वर्षीय योगेन्द्र चौहान र २१ वर्षकै पारस रेग्मी रहेका छन् ।
चार जना युवकले प्रधानाध्यापक न्यौपानेलाई ज्यान मार्ने हेतुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

युवाहरूको कुटपिटबाट न्यौपाने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनिहरूविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।