अछाम,१ असोज । शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर अछाममा १४ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

उनकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।