दार्चुला,२५ भदौ ।
गएरातीदेखि परेको अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीका कारण एक दर्जन बढी घरहरू बगेकाे प्रहरीले जनाएको छ । यस्तै एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । हालसम्म ११ जना बेपत्ता भएको उनले बताए ।
घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

बर्षाका कारण लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।