काठमाण्डाै,१४ भदौ । यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

प्राविधिक कठिनाइ नभए आज बेलुकासम्म नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

अहिले नतिजाको अन्तिम रुजु गर्ने काम भैरहेको उनलेे बताए । नतिजा सार्वजनिक गर्नुअघि दिउँसो तीन बजे बोर्ड बैठक बस्ने तयारी छ । कक्षा १२ को परीक्षामा यसवर्ष करिब चार लाख विद्यार्थी सहभागी थिए ।