धनगढी,१० साउन ।
कैलालीमा पक्राउ परेका एक अभियुक्त हत्कडि सहित नदीमा हामफालेर फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडि सहित नदीमा हाम फालेर फरार भएका हुन् ।
आफ्नै बुबा शम्भु चौधरीलाई कुटपिट गरेको अभियोगमा
शुक्रबार पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय जोशीपुरमा लैजाने क्रममा पथरैया खोलामा हाम फालेर फरार भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।