बुटवल,१४ असार ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको विनियोजन विधेयकमाथीको मन्त्रालयगत छलफल सम्पन्न भएको छ ।

प्रदेश सभामा चार दिनसम्म चलेको विनियोजन विधेयकमाथीको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित कतिपय सत्ता पक्षका प्रदेश सभा सदस्यहरुले समेत प्रदेश सरकारले ल्याएको वजेटको आलोचना गरेका थिए ।

आज बसेको प्रदेश सभाको १० औं अधिवेशनको १८ औं बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत आर्थिक मामिला तथा सहकारी मन्त्रालय,मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,प्रदेश सभा,प्रदेश लोक सेवा आयोग र मुख्य न्यायधिवक्ताको कार्यालयसँग सम्बन्धित शिर्षकमा छलफल भएको हो ।

छलफलमा सहभागि हुँदै पुर्वमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले बिगतको सरकारले सिस्टममा ल्याएका योजनाहरुमा समेत कम बजेट विनियोजन गरिएको भन्दै वजेटले नीति तथा कार्यक्रमलाई पछ्याउन नसकेको टिप्पणी गरे ।

नेकपा एमालेकै अर्का प्रदेश सभा सदस्य कमल राज श्रेष्ठले प्रस्तुत वजेट मन्दिर पकेट क्षेत्र,सडक पकेट क्षेत्र तथा खानेपानी पकेट क्षेत्रको रुपमा आएको आरोप लगाए ।

त्यस्तै पुर्व मन्त्री समेत रहेकी एमाले प्रदेश सभा सदस्य आरती पौडेल,बिष्णु पन्थी,कूल प्रसाद पोखरेल,युवराज खनाल लगायतले वजेट सन्तुलीत र न्यायोचित नभएको बताएका थिए ।

सत्ता पक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी,शंकर गिरी,नेकपा एकिकृत माओवादीका संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती,नेकपा माओवादी केन्द्रकै दीपेन्द्र कुमार पुन ले पनि वजेट सन्तुष्ट हुनसक्ने खालको नभएको भन्दै आफैले बिरोध गरेको वजेट आफैले पारित गर्नुपर्ने अवस्था रहेको गुनासो गरे ।

छलफलमा पुर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य सुदर्शन बराल,प्रदेश मामिला तथा कानून समिती सभापति दामा कुमारी शर्मा,राष्ट्रिय जनमोर्चाकी तारा जिसी,प्रदेश सभा सदस्य रेवतीरमण शर्मा लगायतले सहभागिता जनाएका थिए ।

प्रदेश सभाको कर्ओ बैठक भोली बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।