काठमाण्डौ,५ असार ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार २५४ जनाको पिसीआर परीक्षण गर्दा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमित निको भएका छन् भने सो अबधीमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर कोरोनाका ११० जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा हालसम्म ११ हजार ९५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।