काठमाडौं,२६ जेठ ।
नेपालमा बिहीबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने सो अवधीमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ११२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ११२ जनानै होम आइसोलेसनमा रहेका छन् ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७पुगेको छ । नेपालमा हालसम्म ११ हजार ९५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ९ लाख ६७ हजार १७१ जना संक्रमणमुक्त भएका छन् ।